काठमाडौ, चैत्र ७ - स्वर्गीग गिरिजाप्रसाद कोइरालालाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा राजकीय सम्मान दिने सरकारले निर्णय गरेको छ ।
शनिबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले अन्तरिम संविधानको व्यवस्था अनुसार कोइरालालाई पूर्वराष्ट्र प्रमुखको हैसियतमा राजकीय सम्मान दिने निर्णय गरेको संस्कृति मन्त्री मिनेन्द्र रिजालले संवाददाताहरुलाई बताए ।
कोइरालाले २०६३ साल जेठमा तत्कालिन राजाका सबै अधिकारहरु खोसिएपछि राष्ट्र प्रमुखको हैसियतमा काम गरेका थिए । उनले त्यसअघि राष्ट्र प्रमुखको हैसियतमा राजाले गर्नै सबै काम गरेका थिए । राष्ट्रपतिको नियुक्ती पछि मात्र उनी कार्यकारीमा सिमित रहे ।
त्यसैगरी सरकारले आइतवार सार्वजनिक विदा दिने र तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ । तीन दिनसम्म विदेशस्थित कुटनीतिक नियोगहरुमा शोक पुस्तिका राखिने छ ।
Subscribe to:
Comments (Atom)
